FAQs Complain Problems

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान

नेपाल सरकारको राष्ट्रिय अभियान अन्तर्गत सामुदायिक विद्यालामा विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम संचालन भइ रहेको परिप्रेक्ष्यमा सामुदायिक विद्यालयको स्तरियता र विश्वसनीयता शुद्धरिडीकरणको लागि यस न.पा.का सबै जनप्रतिनिधिहरु, शिक्षक, कर्मचारी तथा सार्वजनिक पद् धारण गरेका व्यक्तिहरु सबैले आफ्नो बालबालिकाहरु सामुदायिक विद्यालयमा भर्ना गर्ने गराउने गरी मिति २०७५/०१/१५ गतेको नगर बोर्ड बठैक बाट निर्णय भएको छ|

उक्त निर्णय अनुसार यस न.पा को उप-प्रमुख श्री. रिता कुमारी चौधरी र नगर कार्यपालिका सदस्य श्री. डोमा शेर्पाले आफ्नो बच्चाहरू सामुदायिक विद्यालयमा भर्ना गर्नु भएकोहुदा वहाहरुलाई धन्यवाद |

वडा नं.२ का वडा अध्यक्ष श्री .सन्तोष सुवेदीले सोहि वडाका दुइ बालबालिका लप्सन राईनिम्मानङ्ग राइलाई आफ्नो अभिभावकत्वमा आधारभूत शिक्षा लिन पाउने गरी सामुदायिक विद्यालयमा भर्ना गरिदिनु भएकोमा हार्दिक धन्यवाद  |