FAQs Complain Problems

एक हजार ७४ जनाले लगाए खोप

कोभिड–१९ विरुद्धको खोप चौदण्डीगढीमा आज (मंगलबार) १ हजार ७४ जनाले लगाएका छन् ।

नगर अस्पताल बेल्टार र चौदण्डी, बसाहा, सुन्दरपुर, हडिया र सिद्धिपुरगरी ५ वटा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको खोप अभियानमा ५ सय ३४ जना महिला र ५ सय ४० जना पुरुषले खोप लगाएका हुन् ।
अमेरीकाबाट ल्याइएको जोन्सोन एण्ड जोन्सोन कम्पनीको खोप ५० वर्ष पुरा भइ ५४ वर्ष माथीका उमेर समूहलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको हो भने अति अशक्त

अपांगताभएका र यसअघि खोप लगाउनबाट छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलेसमेत खोप लगाउन सक्ने नगर स्वास्थ्य शाखाले जनाएको छ ।
यस अगाडी शिक्षकहरुलाई लक्षितगरी सञ्चालित खोप कार्यक्रममा शिक्षक नै नभएकाहरुलेसमेत खोप लगाएको जनगुनासो आएपछि नगर प्रमुख खगेन्द्र राई, उप प्रमुुख रिताकुमारी चौधरी, वडाध्यक्ष तेजराज तिम्सिनाले अनुगमनसमेत गरेका छन् ।

पहिलेकाे भन्दा अाज मंगलबार सञ्चालित खाेपका लागि सेवाग्राहीकाे लाइनकाे व्यवस्थापन पनि मिलाइएकाे थियाे ।
उनीहरुले नगर अस्पतालमा सञ्चालित खोप केन्द्रको अनुगमन गरेका हुन् । बुधबारसम्म सञ्चालन हुने खोप विहान १० बजेदेखि ४ बजेसम्म स्वास्थ्य चौकीहरुमासमेत सञ्चालन हुने जनाइएको छ ।

त्यस्तै कारोना संक्रमणबाट मंगलबार ९ जना निको भएर घर फर्किएका छन् भने बेलका र चौदण्डीगढीका तीन जना नयाँ संक्रमित थपिएका छन् ।