FAQs Complain Problems

चौदण्डीगढी नगरपालिकाले २६७ घरपरिवारलाई जस्तापाता वितरण गर्ने

चौदण्डीगढी नगरपालिकाले फुसको छानो भएका आफ्ना नागरिकहरुलाई जस्तापाता (टिन) वितरण गर्ने भएको छ ।

संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत (सुरक्षित नागरिक आवास समन्वय समिति) को गत १४ गतेको बैठकले गरेको निर्णय अनुसार मापदण्ड पुगेका १० वटै वडाका २ सय ६७ घरपरिवारकलाई जस्तापाता वितरण गर्ने भएको हो ।

जस्को फुसको छानो छ, त्यो घरपरिवारलेमात्र जस्ताले घर छाउने पाउने व्यवस्था रहेको नगरपालिले जनाएको छ ।

जस्तापाता पाउनको लागि छनौट भइसकेका नागरिकले सम्वन्धित आफ्नो वडामा सम्पर्क गर्नु पर्नेछ, वडामा परिपत्र गरिसकेका पालिकाले जनाएको छ ।

नागरिकको सुविधाको लागि वडाको सिफारिस अनुसार पहिलो किस्तास्वरुप १० हजार जम्मा गरिनेछ र घर पुरै निर्माण भइसकेपछि तोकिएको रकम सम्वन्धित व्यक्तिले पाउने नगरपालिकाले जनाएको छ ।

सो अनुसार १ नं. वडामा ५४ घर, २ नं. वडामा ३८ घर, ३ नं. वडामा २३ घर, ४ नं.वडामा ४६ घर, ५ नं. वडाको अहिलेसम्म विवरण आइपुगेको छैन ।

त्यस्तै ६ नं. वडामा ९ घर, ७ नं. वडामा ७ घर, ८ नं. वडामा ३० घर, ९ नं. वडामा ९ घर र १० नं. वडा हडियाका ३० घरगरी कूल २ सय ६७ घरधुरीलेमात्र पाउने भएका हुन् ।

लकडाउनको समयमा जस्तापाता बजारमा नभएकोले एक हार्डवेयर पसलमा पहिलो किस्ताको रकम १० हजार जस्मा गरेर पाएको जस्तापाता लगेर नागरिकले आफ्नो घर छाउन सक्ने पालिकाले जनाएको छ ।