FAQs Complain Problems

६० जनाको रिर्पोट नेगेटिभ

बेल्टार/साउन २६। गत विहिबार स्वाव संकलन गरी पठाईएकाहरुको रिर्पोट सबैको नेगेटिभ आएको छ । महिलाको सम्पर्कमा रहेका ५५ जना र अन्य ५ जना स्वास्थ्यकर्मीहरु सहित ६० जनाको आईतबार बेलुका पिसिआर जाँचको रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखाले जनाएको हो ।

चौदण्डीगढी नगरपालिका वडा नं. ७ की एक महिलामा कोरोना भाईरसको संक्रमण देखिएपछि उनको सम्पर्कमा रहकाहरुको पिसिआर परिक्षण गरिएको थियो । महिलामा संक्रमण पुष्टि भएपछि स्थानीय मुख्य बजारआसपासमा त्रास पैदा भएको थियो ।

महिलामा देखिएको संक्रमणका कारण बजारका दोकान÷पसलहरु विहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला रहने र पुःन ९ बजेदेखि दिउँसो ३ बजे सम्म बन्द गरिन्दै आएको छ । साउन ७ बाट लकडावन सरकारले हटाएपछि बेल्टार बजारको चहलपहल निकै बढेको थियो ।