FAQs Complain Problems

corona update: 2078/02/19

आज उदयपुर काेभिड १९ अस्पताल बेलटारमा गरिएको ३४ पुरुष र २१ महिलाको एन्टीजेन परिक्षण मध्य १८ पुरुष र १५ महिलाकाे नयाँ (पहिलोपटककाे ) परिक्षणमा ९ पुरुष र ८ महिला गरि १७ जनामा काेराेना संक्रमण पाइएको छ । आजै अस्पतालबाट काेराेना मुक्त भइ ७ पुरुष र ३ महिला गरि १० जना डिस्चार्ज हुन भएको छ । यसैगरी हाेम आइसाेलेशनबाट समेत १० जना काेराेना मुक्त हुनु भएको छ । यस्तै आज अस्पतालमा १८ पुरुष र २४ महिला गरि ४२ जना रहनु भएको छ भने हाेम आइसाेलेशनमा ३३ पुरुष र ३७ महिला गरि ७० जना रहनु भएको छ । अस्पताल र हाेम आइसाेलेशनमा रहनु भएका धेरैजसाेकाे स्वास्थ्य अवस्था सामान्य भइसकेको छ भने केहीकाे स्वास्थ्य अवस्था क्रमिक सुधार हुने अवस्थामा छ ।

चाैदण्डीगढी नगरपालिकाले नियमित रुपमा आईतवार , बुधबार र शुक्रबार बिहान ८ बजे एन्टीजेन विधिबाट निशुल्क काेराेना परिक्षण गरि रहेकोले परिक्षण गराउन चाहनेले माे.नं. ९८५२८४४०७५ मा आफ्नो नाम SMS मार्फत दर्ता गराई ताेकिएकाे समयमा उपस्थित भइ परिक्षण गराउन अनुरोध गरिन्छ ।