२३ माघ २०७७ । चौदण्डीगढी नगरपालिका-५ सिवाईका अग्नि पीडितहरुलाई नगरपालिका र नेपाल रेडक्रस उदयपुरले तत्कालका लागि चाहिने अति आबस्यक सामाग्रीहरु चामल ,तेल,नुन,साबुन ,त्रिपाल,भाडाकुडा हस्तान्तरण गरेको छ । नगर प्रमुख खगेन्द्र राई, उप प्रमुख रिता कुमारी चौधरी ,वडा अध्यक्ष, प्र.प्र.अधिकृत,नगर सदस्यहरु, नेपाल रेडक्रस का दीपेन्द्र घिमिरे लगायतको टोलिले आगलागी स्थल र त्यहाको अवस्थाको अनुगमन गरेका हुन ।