FAQs Complain Problems

संक्षिप्त परिचय

नगरपालिकाको नामकरण गरीनुको बिशेषता झल्काउने महत्वपूर्ण ऐतिहाासिक तथ्य:

    वि.सं १५ औं शताब्दीमा रुद्रसेनका छोरा मुकुन्द सेनले एउटा सबल राज्य खडा गरेका थिए । उनैका ६ भाई छोराहरुको काचिङ्गलमा परेर राज्यलाई छोराहरुको अशंमा ६ टुक्रा गर्नुपरेको थियो पाल्पालाई । समयको फेरले गर्दा त्यही राज्य पनि टुक्रिदै चोइटिदै जाँदा पूर्वतिर पाल्पादेखि टुक्रिएको मकवानपुरले टुक्रामा परेर चौदण्डीगढी हुन पुग्यो भने चौदण्डीवाट विजयपुर धरानसम्म पुग्नुपर्यो ।

वस्तुस्थितिमा चौदण्डीगढीको स्थापना मकवानपुरवाट फुटेर गएपछि भएको हो । वि.सं १७८० तिर चौदण्डीगढी प्रखर अस्तित्वमा आएका थिए । मकवानपुरका राजा मकवानपुरका राजा माणिक सेनका सन्तान जगन्सेनले चौदण्डीगढी दरवार वनाएर राज्य खडा गरेका थिए ।

पाल्पाली राजा रामराज सेन मगरदेखि प्रारम्भ गरेर चन्द्रसेन, रुद्रसेन, रुद्रसेन तीन पुस्तासम्म पाल्पा राज्य वलियो रह्यो । मुकुन्दसेनले पाल्पा राज्यलाई अझ सुदृढ र विस्तार गरे । पछि छोराहरुको कारणले भागवण्डा गरी छ टुक्रा गरेपछि मकवानपुर शक्तिशाली राज्यको रुपमा एकफेर चम्कियो । तर मकवानपुरवाट पनि जगत्सेन चौदण्डीगढीको राजा भएर विस्तारपूर्वक राज्य चलाएका थिए ।

परन्तु यो विस्तार मुकुन्दसेनकै पालामा भएको हुनुपर्छ । किन भने ढुङ्गाहरुको अध्ययनले त्यही वताउँछ । चौदण्डीगढीको किल्लामा प्रयोग गरेको ढुङ्गाहरुले त्यही इतिहास वताउँछ, कि जगत्सेन त्यहाँ छुट्टिएर गएर राज्य गरेको मात्रै देखिन्छ । त्यस्तै मकवानपुरको गढीको ढुङ्गाले पनि पुरानै हो भन्ने इतिहास वताउँछ ।

कमला नदी र कोशी नदीको वीचमा स्थापना भएको नयाँ राज्य कालान्तरमा गोर्खाली राजा पृथ्वीनारायण शाहको अभियानका क्रममा चौदण्डी पनि नेपाल राज्यभित्रै गाभिन पुगेको थियो । १६ जुलाई १७७३ का दिन पृथ्वीनारायण शाहले चौदण्डीमाथि गरी विजय प्राप्त गरेका थिए ।

चौदण्डीगढी एउटा सुन्दर पर्यटकीय स्थलको रुपमा रहेको छ । यो ठाउँवाट पूर्वमा मकालु हिमाल, धनकुटाको पाख्रीवास, हिले, पात्तलेपानी, सुन्सरीको ईटहरी, मोरङको विराटनगर लगायत भोजपुरको केही भाग समेत अवलोकन गर्न सकिन्छ । पश्चिमतर्फ खोटाङ्गको सुनापतल डाँडा आदि दृश्यावलोकन गर्न सकिने, उत्तरतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथा, चिसापानी, सोखरे डाँडा, दक्षिणतर्फ चौदण्डीगढी नगरपालिकाको सवै वडाका साथै, सप्तरी, सिराहा आदि दृश्यावलोकन गर्न सकिन्छ । चौदण्डीगढीमा एउटा दिर्घजिवि वरको वृक्ष छ जुन स्थानीयका अनुसार करिव ३५० वर्ष भएको अनुमान गरिएको छ ।

चौदण्डीगढी” नामाकरणः तत्कालीन राजा रुद्रसेनका छोरा मुकुन्द सेनले एउटा सबल राज्य खडा गरेकामा उनैका ६ भाई छोराहरुको काचिङ्गलमा परेर राज्यलाई ६ टुक्रा गरि वाड्नु परेको थियो । त्यही क्रममा राज्य टुक्रिदै, चोइटिदै जाँदा पूर्वतिर टुक्रिएको मकवानपुरको एक टुक्रा राज्य चौदण्डीगढी को रुपमा रहन गई नामाकरण भएको र यसै एतिहासिक ठाँउको नामबाट यस नगरपालिकाको नाम “चौदण्डीगढी” नामाकरण भएको हो ।

भौगोलिक अवस्थिति (Location)

नाम              : चौदण्डीगढी नगरपालिका

विकास क्षेत्र        : हाल पूर्वाञ्चल (क्षेत्र नं. १)  

अञ्चल  : सगरमाथा  

जिल्ला : उदयपुर

वडा संख्या: १०

अक्षांश: २६०४१'२६" उत्तरी आक्षांश देखि २६०५४'२७" उत्तरी आक्षांश सम्म

देशान्तर: ८६०४६'०७" पूर्वी देशान्तर देखि ८६०५९'३२" पूर्वी देशान्तर सम्म   

कुल क्षेत्रफलः २८३.७८ वर्ग कि.मी

नगरपालिकाको केन्द्रः वेल्टार

सीमाना पूर्वः बेलका नगरपालिका    

            उत्तरः खोटाङ र भोजपुर जिल्ला    

            पश्चिमः त्रियुगा नगरपालिका  

            दक्षिणः सप्तरी जिल्ला 

 कुल क्षेत्रफलः २८३.७८ वर्ग कि.मी.

 वडा संख्याः १० वटा

 कुन कुन वडा शहरी क्षेत्र, अर्धशहरी क्षेत्र र ग्रामिण क्षेत्रमा पर्नेः

  • शहरी क्षेत्रमा पर्ने वडाहरुः वडा नं. ६ र ७ ।
  • अर्धशहरी क्षेत्रमा पर्ने वडाहरुः वडा नं. २,,,, र १० ।
  • ग्रामिण क्षेत्रमा पर्ने वडाहरुः वडा नं. १ र ८ ।