चौदण्डीगढी एउटा सुन्दर पर्यटकीय स्थलको रुपमा रहेको छ । चौदण्डीगढीमा एउटा दिर्घजिवि वरको वृक्ष छ जुन स्थानीयका अनुसार करिव ३५० वर्ष भएको अनुमान गरिएको छ ।
चौदण्डीगढी नामाकरणः तत्कालीन राजा रुद्रसेनका छोरा मुकुन्द सेनले एउटा सबल राज्य खडा गरेकामा उनैका ६ भाई छोराहरुको काचिङ्गलमा परेर राज्यलाई ६ टुक्रा गरि वाड्नु परेको थियो । त्यही क्रममा राज्य टुक्रिदै, चोइटिदै जाँदा पूर्वतिर टुक्रिएको मकवानपुरको एक टुक्रा राज्य चौदण्डीगढी को रुपमा रहन गई नामाकरण भएको र यसै एतिहासिक ठाँउको नामबाट यस नगरपालिकाको नाम “चौदण्डीगढी” नामाकरण भएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित ज्योती माबि को ४ कोठे र वडा नम्बर ७ स्थित श्री पन्चमी आधारभुत बिद्यालयको २ कोठे भवन शिलान्यास कार्यक्रमको एक झलक !!!