समाचार
चौदण्डीगढी नगरपालिकाको संछिप्त विवरण |
उदयपुर जिल्लाको मध्य पूर्वी सीमानामा रहेको २६०४१’२६“ उत्तरी अक्षांश देखि २६०५४’२७“ उत्तरी अक्षांशसम्म र ८६०४६’०७“ पूर्वी देशान्तर देखि ८६०५९’३२“ पूर्वी देशान्तरसम्ममा अवस्थित साविकका वेल्टार बसाहा नगरपालिका, सिद्धिपुर, चौदण्डी, सुन्दरपुर र हडिया गाँउ विकास समितिहरु सम्मिलन भइ चौदण्डीगढी नगरपालिका कायम भएको हो । ऐतिहासिक धरोहरको रुपमा रहेको चौदण्डीगढी लगायतका पहाडी तथा भित्री मधेशको भूभाग मिली बनेको यस नगरपालिकामा पहाडी भुभागवाट वसाई सराई गरी आउने क्रम उच्च रहेकोले जनसंख्या वढदो क्रममा रहेको छ । यातायात, पूर्वाधार, विद्युत, संचार, बैंक तथा वित्तीय क्षेत्र जस्ता सेवाको पहुँच भएको यस क्षेत्रमा बजारीकरणको क्रम बढदो रहेकोले मापदण्ड अनुसार नगरपालिकाका लागि चाहिने जनसंख्या कम देखिए तापनि औषत जनसंख्या (पहाड र भित्रि मधेश) समेतलाई आधार मानी साबिकको नगरपालिकालाई निरन्तरताको रुपमा नयाँ क्षेत्र विस्तारित भएको नगरपालिका कायम भएको छ ।
सामन्य परिचय
१ आक्षांश २६०४१’२६“ उत्तरी अक्षांश देखि २६०५४’२७“ उत्तरी अक्षांशसम्म
२ देशान्तर ८६०४६’०७“ पूर्वी देशान्तर देखि ८६०५९’३२“ पूर्वी देशान्तरसम्म
३ सीमाना पूर्व: बेलका नगरपालिका
उत्तर : खोटाङ र भोजपुर जिल्ला
पश्चिम: त्रियुगा नगरपालिका
दक्षिण: सप्तरी जिल्ला
४ क्षेत्रफल : २५३.७ वर्ग कि.मी.
५ भौगोलिक विभाजन: चुरे, भित्री मधेश, पहाड
६ उचाई : समुद्र सतहदेखि ७८ – २३१० मि सम्म
७ केन्द्र : बेल्टार बजार , स्थानिय तह राज्य पुनः र्संरचना आयोगको सिफारिस अनुसार
८ वडा संख्या १०
९. जम्मा जनसंख्या : ४८,५७४ (पुरुष-२२,०८२, महिला-२६,४९२)