समाचार
corona update: 2078/03/20
उदयपुर काेभिड १९ अस्पतालबाट हिजाे एकै पटक २३ जना काेराेना मुक्त हुनु भएको थियो भने आज हाेम आइसाेलेशनमा रहनु भएको २८ जना काेराेना मुक्त हुनु भएको छ । आजै गरिएको परिक्षणबाट १७ जना नयाँ संक्रमित थपिएका छन ।संक्रमित मध्य धेरै कमलाई मात्र जटिल समस्या देखिएको छ भने धेरै काे अवस्था सामान्य देखि मध्यम रहेको छ । चाैदण्डीगढी नगरपालिकाकाे बेलटार बजारमा संक्रमण बढी देखिएकाले सावधानी पुर्वक आफ्नो दैनिक गतिविधि गर्न अनुरोध गरिन्छ । साथै २०७८ साल जेष्ठ २५ देखि २७ सम्म काेराेना बिरुद्धकाे भेराेसिल खाेप पहिलो मात्रा लगाउनु भएका सबैलाई दाेस्राे मात्रा २०७८ साल आषाढ २२,२३र२४ गते नगर अस्पताल बेलटारमा र २२ गते १ दिन मात्र स्वास्थ्य चाैकी हडियामा लगाउने कार्यक्रम रहेकोले पहिलो मात्रा खाेप लगाएको कार्ड सहित उपस्थित भई दाेस्राे मात्रा खाेप लगाउन सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।