समाचार
उदयपुर कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
चौदण्डीगढी नगरपालिका वडा नं. ६ सातधारे स्थित उदयपुर कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । अस्पताललाई सेफ द चिल्ड्रेन र बाल विकास समाज उदयपुरको सहयोगमा आज ( सोमबार) अस्पतालका संयोजक तथा नगर प्रमुख खगेन्द्र राईलाई सामग्री हस्तान्तरण गरिएको हो । उक्त संस्थाले आईसियु बेड, हस्पिटल वेड, अक्सिजन कन्सर्ट्रेटोर्स, पेसन मोनिटोर, पल्स अक्सिमिटर, एन्टिजेन्ट कीट र इमर्जेन्सी ट्रली लगायत १८ लाख ६४ हजार मूल्य बराबरको सामग्री हस्तान्तरण भएको नगर प्रमुख राईले जानकारी दिए । संस्थालाई प्रमुख राईले धन्यवादसमेत दिएका छन ।